दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?
सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो ।
यद्यपि यो छुट भने ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा मात्र गरिएको हो । बजेटले ४०१ सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको २ लाख सडक निर्माण दस्तुरलाई घटाएर १ लाखमा झारेको छ भने, इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीमा अधिकतम २ हजारले सडक दस्तुर घटाएको छ ।
यसअघि चालू आर्थिक वर्षको बजेटले अधिकतम १२ हजार पुर्याएको विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको सडक दस्तुर बजेट पश्चात दुई हजार घटेर अब १० हजारमा झरेको छ । योसँगै अब नेपाली बजारमा हेब्भी मोटरसाइकल र इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर किन्नेहरूलाई थप सहज हुने भएको छ ।
हाल सरकारले भन्सार विन्दुमा नै लिने सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ कम भएसँगै हेब्भी बाइकको रुपमा बिक्री हुँदै आएको मोटरसाइकलको मूल्य ह्वातै घट्ने भएको छ । अहिले बजारमा होन्डा, यामाहा, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, बीएमडब्ल्यू, डुकाटी जस्ता ब्राण्डले विग बाइक विक्री वितरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण