सबै संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालैमात्र सरकारले जारी गरेको बजेट वक्तव्यलाई देखाउँदै सम्पूर्ण संघ–संस्थाहरुलाई कोषमा आबद्ध हुन आग्रह गरेको छ । कोषले एक विज्ञप्ति जारी गर्दै नयाँ बजेटले कोषमा आबद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकार आफैंले तिरिदिने घोषणा गरेको अवस्थामा मातहतमा रहेका संस्थाहरुलाई जतिसक्दो चाँडो आबद्ध हुन आग्रह गरेको हो ।
‘उपरोक्त सम्बन्धमा नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम नेपाल सरकारले व्यहोर्ने उल्लेख गरेको हुँदा त्यहाँ मातहत रहेका संस्थाहरुलाई समयमा नै कोषमा आवद्ध गराई उल्लेखित लाभ लिनु हुन अनुरोध गरिन्छ’ कोषका अधिकृत फणिन्द्रराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण