बस कन्डक्टरदेखि बलिउड स्टारसम्म, यस्तो थियो सुनिल दत्तको संघर्ष
आज ६ जुन अर्थात् स्वर्गीय अभिनेता सुनिल दत्तको जन्मदिन । निर्देशक, निर्माता र राजनीतिज्ञ समेत रहेका सुनिल दत्त सबै क्षेत्रमा उत्तिकै सफल रहे । फिल्म क्षेत्रमा आउनुअघि रेडियोका कमेन्टेटर समेत रहेका सुनिल दत्तले फिल्ममा नायक र खलनायक दुबै पात्र निभाए ।
जब उनी पाँच वर्षका थिए, तब उनका पिता दिवान रघुनाथ दत्तको निधन भएको थियो । आमा कुलवन्ती देवीले उनलाई हुर्काइन् । ६ जुन १९२९ मा पाकिस्तानको झेललमा उनी जन्मिएका थिए । उनले सन् १९५५ मा ‘रेलवे प्लेटफर्म’ बाट आफ्नो फिल्मी करियर सुरु गरे ।
उनको खास नाम बलराजदत्त थियो । तर, फिल्ममा आएपछि उनले आफ्नो नाम बदलेर सुनिल राखे । आफ्नो ६ दशक भन्दा लामो फिल्मी करियरमा उनले ५० वटाभन्दा धेरै फिल्ममा अभिनय गरे ।
बस कन्डक्टरको जागिर
भारत–पाकिस्तान विभाजन पछि दंगा भड्कँदा सुनिल दत्तको परिवारले आफ्नो गाउँ छाड्नुप¥यो । त्यसपछि उनीहरु भारतको हरियाणा, यमुना नगरस्थित यमुना नदीको किनारमा बसे । त्यहाँबाट लखनउ सरे । अनि, पढाई पूरा गर्नका लागि सुनिलदत्त मुम्बई गए, घरको आर्थिक अवस्था राम्रो नभएकाले उनले मुम्बईमा बाँच्नका लागि बसमा कन्डक्टरको जागिर गरे । आफ्नो आवाज र अभिनय कलाका कारण उनी बस चढ्ने यात्रुहरूको मन जित्थेँ ।
यसरी मिल्यो आरजेको जागिर
अभिनेता बन्न चाहेकाले सुनिल दत्त कलेजका नाटकहरूमा भाग लिन्थे । एकपटक कलेजमा उनको नाटक चलिरहेको थियो, यसलाई हेर्नका लागि सिलोन रेडियोका कार्यक्रम –तत्कालीन सिलोन अर्थात् अहिलेको श्रीलंकाबाट सञ्चालित रेडियो) प्रमुख पनि आएका थिए । सुनिल दत्तको आवाज सुनेर उनी निकै प्रभावित भए र उनले आरेजको जागिर दिने प्रस्ताव गरे । यस जागिरबाट सुनिललाई मासिक २५ हजार मिल्न थाल्यो । उनी रेडियो सिलोनबाट प्रशारण हुने हिन्दी भाषाका सबैभन्दा प्रसिद्ध अनाउन्सर थिए ।
यसपछि बिस्तारै सुनिल दत्तले फिल्ममा मौका पाए । ‘मदर इन्डिया’ फिल्ममा उनले नरगिसका छोराको भूमिका गरेका छन्, जबकी यही फिल्मको सुटिङका दौरान उनीहरु प्रेममा परे । त्यसपछि विवाह भयो । अभिनय पछि उनी फिल्म निर्देशन र निर्माणमा लागे । र, त्यसपछि राजनीतिमा ।
भारतमा मनमोहन सिंहको पहिलो प्रधानमन्त्री कार्यकालमा सुनिल दत्त युवा तथा खेलकुद मन्त्री बने । २५ मेइ २००५ मा हृदयघातका कारण उनको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण