दाङमा अखिल क्रान्तिकारीद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन, ८ जना पक्राउ
आइतबार, २३ जेठ २०७८, २३ : ४४
दाङमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । चुरे दोहन रोक्नुपर्ने र उपप्रधानमन्त्री महतो अभिव्यक्तिको विरोधमा विद्यार्थी संगठनले आइतबार बेलुका घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका क्रममा अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक जंग रोकासहित ८ विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण