शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शव व्यवस्थापन र संक्रमितको सेवामा रुपन्देही माओवादीका नेता–कार्यकर्ता सक्रिय

सोमबार, २४ जेठ २०७८, ०८ : ११
सोमबार, २४ जेठ २०७८

बुटवल । रुपन्देहीमा कोरोना संक्रमित शव व्यवस्थापन र संक्रमितको सेवामा रुपन्देही माओवादीका नेता–कार्यकर्ताहरु सक्रिय रुपमा लागेका छन् । केही महिना अघिसम्म रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

कतिको शव व्यवस्थापनमा समयमै सेना नआउँदा हजारौं रुपैयाँ तिरेर आफन्तले विचौलियालाई व्यवस्थापन गर्नुपरेको गुनासो आएको थियो । तर, अहिले नेपाली सेनासँगै माओवादी केन्द्रका नेता–कार्यकर्ता पनि शव व्यवस्थापनमा  खटिएका छन् । पार्टी केन्द्रीय निर्णय अनुसार रुपन्देहीमा जिल्ला पार्टीको मातहतमा सिद्धार्थनगर भैरहवामा नगर कमिटीका कार्यकर्ताहरु कोरोना संक्रमितको सहयोगस्वरुप फिल्डमा परिचालित  भएका छन् ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटीका इञ्चार्ज तथा जनमुक्ति सेनाका पूर्व लडाकु तिरबहादुर रोका (डार्विन) को संयोजकत्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनीहरु भीम अस्पतालमा खटिएका छन् ।

रोकाकै नेतृत्वमा शव व्यवस्थापनका लागि १६ जनाको टोली बनाइएको छ । उक्त टोली पीपीई लगाएर बिहानै ५ बजेदेखि साँझ ७ बजेसम्म अस्पतालमै शव व्यवस्थापन र संक्रमितहरुको सेवाका  लागि तयारी अवस्थामा रहने उनले बताए ।

उक्त टोलीले शव व्यवस्थापन सँगै अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र संक्रमितको कुरुवा लगायत अस्पतालका नर्सहरुलाई समेत बेसारपानी, जडिबुटीयुक्त चिया जुवानो र मसला पानीसहित अण्डा, मुमको दालको सुप जस्ता पोसिलो खानेकुराहरु पनि बितरण गर्दै आएका संयोजक डार्विन रोकाले बताए । 

माओवादी केन्द्र रुपन्देहीका सचिव निर्मल जीसीले  पार्टी निर्णय अनुसार टोली खटिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप