‘ये जवानी है दीवानी’ अभिनेत्री एभलीनले गरिन् सुटुक्क विवाह
फिल्म ‘ये जवानी है दीवानी’की अभिनेत्री एभलीन शर्माले विवाह गरेकी छन् । उनले डा.तुषान भिण्डीसँग अष्ट्रेलियामा सुटुक्क विवाह गरेकी हुन् । भारतीय मुलका तुषान पेशाले डेन्टल सर्जन हुन् । आफ्नो विवाहको खबर एभलीनले सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेर बाहिर ल्याएकी हुन् ।
उनले भिण्डीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘मिस्टर एण्ड मिसेज भिन्डी । यो सानो विवाह समारोह मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण दिन बनाउने सबै मानिसमा धन्यवाद ।’ तस्बिरमा एभलिन सेतो गाउन र उनका श्रीमान् तुषान निलो सुटमा देखिएका छन् ।
एभलीन र तुषारले २०१९ मा सगाई गरेका थिए । दुबैको पहिलो भेट २०१८ मा भएको थियो । साथीहरूका साध्यमले दुबैको पहिलो भेट भएको थियो । त्यसपछि दुबै साथी बने । त्यसपछि रिलेशाशिपमा पनि रहेका थिए ।
एभलीनले २०१२ मा ‘फर्म सिड्नी विथ लभ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘ये जवानी है दीवानी’, ‘मै तेरा हिरो’, ‘जब हैरी मेट सेजल’,‘नौटंकी साला’, ‘हिन्दी मीडियम’ लगायतमा काम गरेकी छन् । उनले २०१९ मा प्रभास र श्रद्धा कपुरको फिल्म ‘साहो’ बाट साउथमा कदम राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण