चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ
सोमबार, २४ जेठ २०७८, १७ : ५५
चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका सोही स्थानकी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली , ३६ वर्षीया चन्द्राकला सुनार र ३५ बर्षीया ज्योती दमाई रहेका छन् । उनीहरुलाई आजै अदालतमा पेश गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण