बाँकेमा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा
सोमबार, २४ जेठ २०७८, १८ : ०२
बाँकेमा जेठ ३१ गतेसम्मका निषेधाज्ञा लागि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जेठ ३१ गते राति १२ बजेसम्मका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेधाज्ञाको आदेश जारी गरेका हुन् । बैशाख ८ नेपालगन्ज उपमहानगरपालिका र १३ गतेदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिन्छ ।
जिल्लामा कोभिड–१९ संक्रमणको दरमा केही कमी आएपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताएका छन् । दैनिक उपभोग्य सामग्रीका पसलहरुको समयावधि बढाएर १२ बजेसम्म पुर्याइएको जारी सूचनामा उल्लेख छ । बैंक तथा बीमा, बीउ विजन, कृषि औजार, विषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखी स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने सूचनामा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण