दाङमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ
मङ्गलबार, २५ जेठ २०७८, १९ : ३२
दाङ प्रहरीले बेग्ला बेग्लै मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले दाङ देउखुरी जिल्ला अदालतबाट २०६१ साल बैशाख ७ गते चोरी मुद्दामा ५५ हजार जरिवाना फैसला सुनाइएका घोराही–१५ ट्राफिक चोकका ३६ वर्षीय सुबी चौधरीसहित २ जनालाई पक्राउ गरेको हो । चौधरीलाई प्रहरीले मंगलबार दिउँसो ४ बजे सोही स्थानबाट पक्राउ गरेको हो ।
त्यस्तै २०७४ साल फागुन १४ गते सोही अदालतबाट वन मुद्दामा १ लाख ३८ हजार ९ सय १७ रुपैयाँ ३७ पैसा जरिवाना फैसला सुनाइएका घोराही–२ निमुरियाका ५५ वर्षीय सिरिमान चौधरीलाई पनि मंगलबार साँझ ५ बजे पक्राउ गरिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण