रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो
कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।
रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।
खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो । केही जनप्रतिनिधिले आफन्त, पार्टी निकटकालाई खोपमा प्राथमिकता दिएपछि विवाद भएको जनाइएको छ ।
ओमसतिया गाउँपालिका एकजना वडा अध्यक्षले आफन्त र पार्टी कार्यकर्तालाई तोकिएको सरकारी मापदण्ड विपरीत खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको हो ।
रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले आवश्यकता भन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउमा लक्षित उमेर भन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको बताए । उनले विवाद स्थानीय तहले मिलाउने र अव उमेर समूहकाले मात्र लगाउने गरी अगाडि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण