पूर्वमन्त्री शुक्लद्वारा आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान
पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले रुपन्देहीस्थित कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले रुपन्देहीको मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् ।
शुक्लले सेन्टरलाई केएन नाइन्टी फाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क ४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २० थान, डिस्पोजेबल गाउन ४ सय थान, कभर अल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला ३० थान, अक्सिजन सिलिन्डर ८ थान अक्सिजन कन्सनट्रेटर २ थान प्रदान गरेका हुन् ।
सो अवसरमा बोल्दै शुक्लले द्रोस्रो लहरको कोरोना महामारी फैलिएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने अवस्थाको स्मरण गर्दै आइसोलेशन सेन्टर निर्माण भएपछि उपचारका लागि आधारशिला खडा भएको बताए । राज्यले गर्नुपर्ने काम लायन्स क्लब लगायतका संस्थाले गर्दा राज्यलाई सहयोग पुगेको भन्दै उनले प्रशंसा गरे ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउन प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय भइरहेको उनले बताइन् । लायन्स क्लब अफ लुम्बिनी मर्चवार संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीले कोरोना महामारीको नियन्त्रण तथा रोकथामको लागि मझगावामा २५ बेडको कोभिड आइसोलेशन सेन्टर निर्माण गरिएको बताए ।
त्यस्तै सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले मर्चवारको आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ । कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा सो आइसोलेसन सेन्टरको निर्माण गरिएको हो ।
क्लबले यसअघि भैरहवास्थित भीम अस्पतालमा अक्सिजन सिलिन्डर रिफिलको लागि ३२ हजार ५ सय रुपैयाँ प्रदान गरेको क्लबका सचिव राजन शुक्लाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण