प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
घोराही । प्रहरीको भ्यानले ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार राति ११ः५५ बजे प्रहरीको भ्यानको ठक्करबाट अन्दाजी २५ बर्षका युवकको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले मृतकको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ ।
उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किँदा उछिट्टिएर बिद्युत पोलमा मृतकको टाउको ठोक्किएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण