गुल्मीमा ट्रकले किचेर सह-चालकको मृत्यु
शनिबार, २९ जेठ २०७८, १० : ४९
गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर एक जना सह–चालक युवकको ज्यान गएको छ ।
जिल्लाको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरास्थित ना २ ख ५७६५ नम्वरको ट्रकले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिबार बिहान मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको हो ।
मृतक घर्ती प्युठानका स्थायी बासिन्दा भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण