रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
रेडक्रसले लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्बु) लाई उक्त सामाग्री हस्तान्तरण गरेको रेडक्रस रुपन्देही अध्यक्ष प्रेसलाल उदासले बताए ।
रेडक्रसले यी पालिकालाई खानेपानी ट्यांकी, ह्याण्ड वासिङ स्टेशन, माक्स, सेनिटाइजर, हर्पिक, फिनेल, साबुन, युरिगार्ड, पानी फिल्टर जग, सेनिटाइजर इन्सुरेन्सी लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रत्येक स्थानीय तहलाई १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्मको स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाकले जनाएको छ ।
रेडक्रसले जेठ १ गतेदेखि स्वयंसेवक परिचालन गरी बेलहिया नाकामा आवातजावत गर्ने यात्रुलाई समेत निःशुल्क खानेपानी वितरण गर्दै आइरहेको रेडक्रस, रुपन्देही जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताए ।
त्यस्तै रेडक्रसले भारतबाट घर फर्किने नेपालीहरु संक्रमित भएको खण्डमा उनीहरुलाई घरसम्म निःशुल्क पुर्याउँदै समेत आएको जनाएको छ ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लले ढिलै भए पनि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको भन्दै यसले गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न सहयोग पुग्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण