प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु
शनिबार, २९ जेठ २०७८, १४ : २८
प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ ।
आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँदै गरेको गैरेको भनाइ छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण