शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा कटुवा पेस्तोलसहित १ पुरुष पक्राउ

आइतबार, ३० जेठ २०७८, १६ : १३
आइतबार, ३० जेठ २०७८

सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । सिराहाको महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । 

जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।  सिंहलाई महेशपुर पतार प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप