भारतमा ७४ दिन यताकै सबैभन्दा कम कोरोना सङ्क्रमित
भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिन यताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।
गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म यहाँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण