गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा
गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । आज राती १२ बजे देखि असार ७ गते सोमबार राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको छ । जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न, फलफुल, तरकारी, माछा, मासु, पशुपन्छीका दाना, निर्माण सामाग्री, स्टेशनरी तथा पुस्तक पसल बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ ।
त्यस्तै स्वास्थ सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, भेटनेरी, एग्रोभेट, दमकल दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै भिषा देखाएमा विमानस्थलसम्म जान पाइने नियम समेत बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण