लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब बराबरको बजेट आज सार्वजनिक गर्दै
लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् ।
यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट १ महिना अघि भौतिक योजना मन्त्रालयबाट परिवर्तन भएर आर्थिक मामिला मन्त्री बनेका बैजनाथ चौधरीले ३८ अर्बको हाराहारीमा बजेट आउने छन् ।
चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएकोमा अहिले यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार बृद्धि हुने अनुमान गरीएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए ।
संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको उनको भनाई रहेको छ । प्रदेश सरकारले निति तथा कार्यक्रमा अनुसार नै कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ।
मन्त्री बैजनाथ चौधरीले सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना भने नथपिएको मन्त्री चौधरीले बताए।
विगतदेखि नै कृषिलाई प्राथमिकतामा राखेको लुम्बिनीले यो पटक पनि प्राथमिकतामै राखेको हो । लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताएपनि प्रदेश सरकारले स्पष्ट बहुमत रहेको भन्दै निति तथा कार्यक्रम पनि पारित गरेको छ । भने आज बजेट पेस गर्ने छ । मन्त्री चौधरीले बजेट पनि ढुक्कले पारित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण