नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय
कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए ।
माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो । तर माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।
उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । आज बैठकमा सहभागी भएका ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहको दावी छ ।
३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोह्रौँ पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी,आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने
-
कहाँ पुग्यो फेवाको मापदण्ड कार्यान्वयन ? जग्गाधनीहरू सर्वोच्च जाने तयारीमा
-
‘भिटेन’ले फेरि ल्याए छाडा गीत
-
जग्गा वितरणमा रोक लगाउँदै सर्वोच्चले भन्यो, ‘जङ्गल मासेर बस्ती बसाउन पाइँदैन’
-
कुवेतमा पुर्याएर महिलालाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
-
‘मेलो न मेसोका मन्त्री’ किन राख्छन् प्रधानमन्त्रीले ?