छुट्टाछुट्टै खोलामा दुई युवकको शव फेला
शुक्रबार, ०४ असार २०७८, १२ : २१
पाल्पा र अर्घाखाँचीका छुट्टाछुट्टै खोलामा दुई युवकको शव आज विहान फेला परेको छ । पाल्पाको तिनाउँ खोला र अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा गरी दुई युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
पाल्पा जिल्लाको तिनाउँ गा.पा. वार्ड नम्बर २ पावर हाउस नजिकै तिनाउँ खोलामा आज विहान अन्दाजी ३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव पोष्ट अस्पताल लगिएको छ ।
यस्तै, खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा एक पुरूषको शव फेला परेको छ । अन्दाजी २५/२६ बर्ष उमेरको देखिने पुरुषलाई खोलाले बगाएर ल्याउदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले शवलाई खोलाबाट बाहिर निकालेका थिए । घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण