सेनाबाट खोज, उद्धार तथा राहत जारी
नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।
मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका – १ स्थित याङ्ग्रीका बाढीपहिरो प्रभावित २९ जनालाई सेनाको सहयोगमा मेलम्चीबाट उद्धार गरी काठमाडौंँ ल्याइएको थियो । सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका – ४ स्थित गल्थुम र माझीटारका बाढीबाट विस्थापित परिवारलाई बस्नका लागि सेनाले दुई स्थानमा सातसात अस्थायी बासस्थानको व्यवस्थापन गरेको छ ।
बाढीपहिराको कारण विस्थापित हेलम्बु – २ गणेशबगर इलाकामा बसोबास गर्दै आएका ४३ र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० समेत १०३ जनालाई सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरी राहत सामग्री वितरण गर्न सहयोग गरेको जनाइएको छ ।
मुस्ताङको घरपझोङ्ग गाउँपालिका – ४ स्याङ्ग गाउँबस्तीमा स्याङ्ग खोलाको बहाव बढ्न गई पस्न सक्ने देखेपछि सेनाले खोला किनारमा ग्याबिन जालीमा ढुङ्गा भरी क्षति हुनबाट रोकेको थियो । प्युठानको मल्लरानी गाउँपालिका – ३ धरमपानीस्थित वरबोटका हीराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा सेनाको खोजी टोलीले सरुमारानी गाउँपालिका – १ बाङ्गेसालको मियाबस्ती नजीक राप्ती नदीमा शव फेला पारिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण