कोरोना सङक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने
सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले सङक्रमण घट्दै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अहिलेको व्यवस्थापन र सेवा प्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ । उनले प्रचलित कानून बमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याइ पाउँ भन्ने निवेदनको सुनुवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताए ।
यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेख समेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण