टोखा नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २० लाख सहयोग
टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन् । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ,” उनले भनिन् । टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ ।
बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि (बुधबार) नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण