पोखरामा एक पुरुष मृत भेटिए
मङ्गलबार, ०८ असार २०७८, १६ : ४९
पोखरामा एक ब्यक्तिको शव खोलामा तैरिएको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको हुन ।
सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा ४४ वर्षीय अधिकारी बेपत्ता भएका थिए ।
अधिकारी हराएको प्रहरीलाई खबर गरिएपछि खोजी कार्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरिक्षक विनोद सिलवालले बताए ।
साथीहरूले हराएको भनी दिएको सूचनाका आधारमा खोजतलास गर्दा मंगलबार अधिकारी मृत फेला परेको सिलवालले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण