प्रदेश १ मा ७१३ संक्रमणमुक्त, ४२७ संक्रमित थपिए
प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरी शनिश्चरेमा ७, उर्लाबारीमा ५, सुन्दरहरैंचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बाह्रदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । प्रदेश १ मा आज १ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण