अभिनेत्री पायल रोहतगी पक्राउ
अक्सर विवादमा रहने बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन् । अहमदावाद पुलिसले उनलाई शुक्रबार पक्राउ गरेको हो । सोसाइटीका चियर पर्सनसँग विवाद पछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोप उनलाई लागेको छ । उक्त पोष्ट उनले पछि डिलिट समेत गर्दिएकी थिइन् । उनलाई सोसाइटीको चियर पर्सनलाई ज्यान मार्ने धम्की दिएको र सोसाइटीका मानिससँग झगडा गरेको आरोप समेत लागेको छ ।
सोसाइटीका चियर पर्सन र त्यहाँका मानिसको उजुरी पछि अहमदावाद स्याटलाइट पुलिसले उनलाई गिरफ्तार गरेको हो । ‘२० जुनमा सोसाइटीमा एक मिटिङ भएको थियो । उनी मिटिङको सदस्य थिइन् । तै पनि उनी मिटिङमा सहभागी भएर बोल्न थालिन् । सोही कारणले चियर पर्सनले उनलाई सम्झाएका थिए । त्यसैमा उनले चियर पर्सनलाई गाली गर्न थालिन्’ उजुरीमा भनिएको छ ।
उनले आफ्नो रिस सोमल मिडियामा समेत उतारैकी थिइन् । जसमा चियर पर्सनको नाम लिएर अश्लील भाषाको पनि प्रयोग गरेकी थिइन् । उनले चियर पर्सनलाई सोसाइटीको गुन्डा समेत बताएकी थिइन् । तर केही कमेन्ट आएपछि उनले सबै पोष्ट डिलिट गरेकी थिइन् ।
सोसाइटीका एक सदस्य तथा पेशाले डाक्टर जयशले पायलको क्रियाकलाप सभ्य नभएको, सानोसानो कुरामा अरुसँग झगडा गर्ने, सोसाइटीका बच्चालाई खुट्टा भाच्ने धक्की दिने समेत गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण