लमजुङकी ९२ वर्षीया वृद्धाले जितिन् कोरोना, तस्विरमा हेर्नुहोस्
शुक्रबार, ११ असार २०७८, १७ : ३४
लमजुङ सुन्दर बजार नगरपालिका निवासी ९२ वर्षीय कालिकादेवी बाँस्तोलाले कोरोना संक्रमण जितेकी छिन् । गत जेठ २७ गते राधा स्वामी सत्सङ कोभिड अस्पताल भर्ना भएकी उनको दुई सातापछि कोरोना रिर्पोट नेगेटिभ आएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको राधा स्वामी सत्सङ कोभिड उपचार केन्द्रमा सिभिल करारमा कार्यरत डा. राम थापा क्षेत्रीले जानकारी दिए ।
बाँस्तोलाको रक्तचाप, श्वासप्रश्वासको तह सबै ठीक रहेको क्षेत्रीले बताएका छन् । १४ दिन आइसोलेशनमा राखेर उपचार गर्दा उनलाई कुनै जटिलता देखिएन । उपचारपछि निको भएर बास्तोला लमजुङ फर्किएकी छिन् ।
यो पनि










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
