सिन्धुपाल्चोकका बाढी पीडितलाई सेनाको सहयोग
नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढी पीडितका लागि मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सेवा आरम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका अनुसार हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिका लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले प्रादेशिक अस्पताल हेटौडा र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले असार १० गते मेडिकल क्याम्प सञ्चालन गरेको छ । उक्त मेडिकल क्याम्पबाट महिला–२३ र पुरुष–२० गरी जम्मा ४३ जना बाढीपीडित व्यक्तिको चेकजाँच गरी औषधि वितरण गरेको जनाइएको छ ।

असार १० गते नै हेलम्बु गाउँपालिका–७, चनौटे बजार ईलाकास्थित रातो पुल नजिक मेलम्ची खोलाले कटान गरेको स्थानमा सेनाको टोलीले ग्याविन जाली भर्ने कार्य गर्नुका साथै हेलम्बु गाउँपालिका–२ किउलस्थित राहत भण्डारण स्थलमा पोल सहितको सोलार लाइट जडान गरेको निर्देशनालयले जनाएको छ ।
यसैगरी असार ११ गते हेलम्बु गाउँपालिका–७, महाँकालस्थित महेन्द्र आधारभूत विद्यालय परिसरमा बाढी पहिरोबाट पीडित व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ । यस्तै, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले बागमती प्रदेश सरकार र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले किउल ईलाकामा असार ११ गते मेडिकल क्याम्प सञ्चालन गरेको निर्देशनालयले जनाएको छ । उक्त मेडिकल क्याम्पबाट महिला ४५, पुरुष २५ र बालबालिका ४ गरी जम्मा ७४ जना बाढी पीडित व्यक्तिहरुलाई चेकजाँच गरी औषधि वितरण गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण