अभिनेता दिलीप कुमार अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
बुधबार, १६ असार २०७८, ११ : १६
बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । ९८ वर्षका दिलीप कुमारको अचानक स्वास्थ्यमा खराबी देखिएपछि हिन्दुजा अस्पताल भर्ना गरिएको समाचार बाहिर आएको छ ।
दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको हो । उनको हालत स्थिर बताइएको छ ।
केही अगाडि पनि दिलीपक कुमारलाई सास फेर्न समस्या भएको कारण हिन्दुजा अस्पतालमै भर्ना गरिएको थियो । सो समय उनको फोक्सोबाट ३५० मिली लिटर पानी निकालिएको थियो ।
डा. नितिन गोखले र डा. जलील पारकरको रेखदेखमा उनको सर्जरी गरिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अस्पतालबाट डिस्चार्ज भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण