अक्षय कुमारलाई राखी बाँध्न चाहन्थिन् कट्रिना, जवाफमा अक्षयले भने–थप्पड खान मन छ ?
अभिनेता अक्षय कुमार र कट्रिना कैफ कयौं फिल्ममा जोडीको रुपमा प्रस्तुत भएका छन् । दुवैले ‘वेलकम’, ‘नमस्ते लण्डन’ र ‘सिंह इज किंग’ जस्ता सफल फिल्ममा आफुलाई हिट जोडी साबित गरेका छन् । धेरैलाई थाहा नहुन पनि सक्छ । एक समय कट्रिना अक्षय कुमारलाई राखी बान्ध समेत चाहन्थिन् । जसको खुलासा कट्रिना आफैंले २०१६ को ‘कफी विद करण– शो मार्फत सार्वजनिक गरेकी थिइन् । ‘तीस मार खान’ र ‘शीला की जवानी’ को सुटिङको दौरानमा अक्षय कुमारलाई राखी बाध्न चाहेको र उनले हुन्न भनेपछि अर्जुन कपुरलाई राखी भाइ बनाउन चाहेको खुलासा गरेकी थिइन् ।
‘मसँग राखी कोही बान्ध चाहादैन थिए’ उनले कार्यक्रममा अगाडि भनिन्– ‘म एक यस्तो ब्यक्तिको खोजिमा थिए । जसलाई म सम्मानका साथ एक राम्रो साथी मान्दछु । मैले यसमा केही गलत सम्झिएको थिइन । मैले अक्षय कुमारलाई भने– ‘म तपाईलाई राखी बाँध्न सक्छु ? जवाफमा अक्षयले भने, कट्रिना तिमीलाई थप्पड खान मन लागेको छ ? ।
अक्षयकुमारपछि आफसले अर्जुन कपुरलाई राखी बाध्न चाहको र उनी पनि आफुबाट भागेको कट्रिनाले सुनाएकी थिइन् । अक्षय र कट्रिना छिट्टै रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ मा एक रोमान्टिक जोडीको रुपमा देखिँदैछन् । फिल्ममा अक्षय र कट्रिनाको अलवा रणवीर सिंह र अजय देवगनको समेत मुख्य भूमिका रहेको छ । यो फिल्म रिलिजका लागि केही अगाडि नै तयार थियो । कोरोनाको कारण रिलिज अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण