गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १ हजार १८६ जनाको नमूना परीक्षण गरिएकामा ३७९ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १९८ पुरुष र १८१ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनकाअनुसार नयाँ संक्रमितहरुमा कास्कीका १९४, म्याग्दीका २१, पर्वत १०, लमजुङ १४,गोरखा ९, तनहुँ ४४, बाग्लुङ २७, स्याङ्जा १२, मुस्ताङ २ र नवलपुरका ४६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ हजार ५७७ पुगेको छ ।
त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका –१२ का ५० वर्षीय पुरुष र शुक्लागण्डकी –६ का ६८ वर्षीय पुरुष रहेका छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५२ हजार ३७७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण