आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख, नायिकालाई दिइँदैछ बधाई
बलिउड अभिनेता आमिर खान र किरण रावले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै आफ्नो सम्बन्धविच्छेदबारे घोषणा गरे । यस वक्तव्यपछि उनीहरुका प्रशंसक यी दुईको सम्बन्धविच्छेद भएकोमा अचम्मित भएका छन् । तर यी दुईको सम्बन्धविच्छेदका कारण नायिका तथा आमिर खानकी को–स्टार फातिमा सना शेख ट्वीटरमा ट्रेन्ड भएकी छिन् ।
ट्वीटरमा थुप्रै प्रयोगकर्ताले आमिर खान र किरण रावको सम्बन्धविच्छेद हुनुको कारण फातिमा सना सेख भएको आरोप लगाएका छन् । आमिर र फातिमा सनाको बढ्दो निकटताका कारण किरण रावले सम्बन्धविच्छेदको निर्णय गरेको धेरैले बताइरहेका छन् ।
आमिर–फातिमाको लिङ्कअपको खबरः
स्मरण रहोस्, फातिमा सना शेखले फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी थिइन् । यसमा उनी आमिर खानकी छोरीको भूमिका निभाएकी थिइन् । फिल्म बक्स अफिसमा हिट भयो । दंगलको सफलतापछि फातिमा सना शेखले आमिर खानसँग ‘ठग्स अफ हिन्दोस्तान’ मा काम गरिन् र त्यसपछि यी दुबैको अफेयरको खबर सार्वजनिक हुन थालेको छ ।
आमिरसँग लिङ्क अपको खबरले दुःखीः
यद्यपि, फातिमा सना सेखले फिल्मफेयरलाई दिएको अन्तरवार्तामा उनी यस्तो प्रकारको खबरले असाध्यै प्रभावित भएको बताएकी थिइन् । धेरैजनाले उनीबारे लेखिरहेका थिए जबकी यसमा कुनै वास्तविकता नै थिएन । उनका अनुसार उनी निकै डिस्टर्ब भएकी थिइन् ।
सनालाई घर तोड्ने युवती बताइयोः
अब किरण राव र आमिर खानको सम्बन्धविच्छेद भएपछि ट्वीटरमा मानिसहरुले उनलाई ट्रोल गरिरहेका छन् । उनलाई किरण र आमिरको सम्बन्धविच्छेदको कारण बताइँदैछ । थुप्रै मानिसहरुका अनुसार अब आमिरले फातिमासँग विवाह गर्नेछन् र योभन्दा पनि लामो समयसम्म साथ रहनेछन् । फातिमालाई धेरैले घर तोड्ने युवतीको संज्ञा दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

