जुन फिल्म रणबीर कपुरले अस्वीकार गरे, त्यसमा अभिनय गरेर स्टार बने रणवीर सिंह
आज ६ जुलाईमा बलिउड इन्डष्ट्रिका सबैभन्दा ऊर्जावान् सुपरस्टार रणवीर सिंह आफ्नो जन्मदिन मनाइरहेका छन् । यस्तोमा रणवीर सिंहलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । रणवीरलाई आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिन्छ । तर के तपाईंलाई थाहा छ, जुन फिल्मले आज उनलाई सुपरस्टार बनाएको छ, त्यो पहिला रणबीर कपुरलाई अफर गरिएको थियो ?
हो, रणवीर सिंहको करियरको चार ठूला फिल्म उनीअघि रणबीर कपुरले पाएका थिए । यसमा उनको डेब्यू फिल्म ब्यान्ड बाजा बारात पनि समावेश छ । यी फिल्मलाई रणबीर कपुरले अस्वीकार गरेका थिए, त्यसपछि मात्रै यो रणवीर सिंहको पोल्टोमा पुग्यो र उनले यसमा काम गरे ।
यशराजको ब्यानरअन्तर्गत बनेको फिल्म ब्यान्ड बाजा बारातले रणवीर सिंहलाई इन्डष्ट्रिमा पहिचान दिलाएको थियो । यसै फिल्मार्फत् उनको र अनुष्का शर्माको जोडीले प्रेम पायो र दुबैको सम्बन्ध पनि सुरु भएको थियो । यद्यपि, फिल्मका लागि निर्माताका लागि पहिलो रोजाई रणबीर कपुर थिए । रणबीरले अस्वीकार गरेपछि यो फिल्म रणवीर सिंहलाई अफर गरिएको थियो ।
गोलीयों की रास लीलाः राम लीला
यो फिल्मले रणवीर सिंह र दीपिका पादुकोणको जोडीलाई पहिलो पटक देखाइएको थियो । त्यसपछि उनीहरुको वास्तविक जीवनमा प्रेम बस्यो । यो रणवीर र दीपिकाको निर्देशक संजय लीला भंसालीको पहिलो फिल्म थियो जुमा दुबैले अत्यधिक मिहिनेत गरेका थिए ।
तर भंसालीले रणबीर कपूरलाई रामको भूमिका निभाउनका लागि अन्तिम निर्णय नै लिइसकेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यति मात्रै होइन, निर्देशक अनुराग कश्यपले रणवीर सिंहलाई आफ्नो फिल्म बम्बे वेलवेटका लागि पनि फाइनल गरेका थिए । यद्यपि, पछि अनुरागले रणवीरलाई आफ्नो फिल्ममा रणबीर कपूरसँग रिप्लेस गरिदिए र रणबीरको साटो राम लीलामा रणवीर सिंहलाई लिइएको थियो । जहाँ बम्बे वेलवेट बक्स अफिसमा फ्लप भयो भने राम लीलाका कारण रणवीरको करियर एकाएक माथि उठ्यो ।
यशराजको अर्को एउटा प्रोजेक्ट जुन रणबीर कपूरले अस्वीकार गरेका थिए । फिल्म बेफिक्रेलाई रणबीरले अस्वीकार गरेपछि रणवीर सिंहलाई अफर गरिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन त गर्न सकेन तर रणवीर सिंहको अर्को भिन्न रुप दर्शकले देख्न पाए ।
अत्यधिक हिट भएको जोया अख्तरको निर्देशनमा बनेको गली बोयमा रणवीर सिंहको कामको अत्यधिक प्रशंसा भएको थियो । यो फिल्मलाई पनि रणबीर कपूरलाई अफर गरिएको थियो । तर रणबीरलाई गली बोयमा सिद्धान्त चतुर्वेदीको एमसी शेरको भूमिका अफर भएको थियो । यस्तै रणवीर सिंहको अगाडि सहायक भूमिका उनी गर्न चाहँदैनथे त्यसैले उनले यसलाई अस्वीरका गरेका थिए ।
हुन त रणबीर सिंह उत्कृष्ट कलाकार हुन्, यो कुरा उनले आफ्नो कामबाट यो प्रमाणित गरिसकेका छन् । तर रणवीर सिंह पहिला एक एडभरटाइजिङ कम्पनीमा कपी राइटर थिए । उनले प्रतिष्ठित एजेन्सीमा काम गरेका छन् ।
त्यसपछि रणवीर सिंहले सह निर्देशकको रुपमा काम गरे । यद्यपि, पछि उनले अभिनय गर्ने निर्णय लिए । रणवीरलाई पहिलादेखि नै अभिनय र नृत्यमा शौख थियो । एकदिन उनकी हजुरआमाले उनलाई नाच्न अग्रह गरेकी थिइन्, हजुरआमाको आग्रहमा रणवीले जुम्मा चुम्मा दे दे गीतमा डान्स गरेका थिए । कुनै पनि प्रस्तुती दिन पाउँदा उनी असाध्यै खुुुसी हुन्थे, त्यसैले कलाकार बन्ने मौका मिलेको खण्डमा आफूले यसमा पक्कै पनि शत प्रतिशत दिने उनले सोचेका थिए ।
अभिनय गर्ने निर्णय लिएपछि रणवीरले आफ्नो पोर्टफोलियो थुप्रै निर्देशकलाई पठाएका थिए । उनले थुप्रै अडिसन पनि दिए । यद्यपि, उनले सानो तिनो भूमिका मात्रै पाउँथे । सन् २०१० मा रणवीर सिंहले शानू शर्माको ब्यान्ड बाजा बारातमा कास्ट पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण