कोरोनालाई चुनौती दिँदै यातायात कार्यालयमा अत्यासलाग्दो भीड, तस्बिरमा हेर्नुहोस्
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मंगलबारदेखि लागु हुने गरी यातायातका सबै साधन खुला गरेको छ । यस्तै अधिकांश सेवा पनि प्रवाह हुन थालेको छ । यस्तैमा यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको नवीकरण, प्रतिलिपि, स्मार्ट लाइसेन्स वितरण, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व सङ्कलन लगायत सेवाहरू दिन थालेपछि भिडभाड देखिन थालेको छ ।
कोरोनाको जोखिम कायमै रहे पनि त्यसलाई परवाह नगरी सेवाग्राहीको अत्यास लाग्दो भिडभाड देख्न सकिन्छ । मङ्गलवार रातोपाटीकर्मी यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्दा सेवाग्राहीहरूको भिडभाड अत्यधिक देखिन्थ्यो भने सामाजिक दुरी पालना भएको देखिँदैनथ्यो । प्रदूषण चेकजाँचका साथै चालक अनुमति पत्रको नवीकरण, प्रतिलिपि, स्मार्ट लाइसेन्स लिन लगायतका कामले त्यहाँ पुगेको उनीहरूको भनाइ थियो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण