५५ वर्षमा छुट्यो दिलिप कुमार र सायरा बानोको साथ
मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।
दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा बानो भएकी छन् । दिलिप कुमार बिरामी हुँदासमेत उनी सधैँ साथमै रहन्थिन् । जीवनको हरेक मोडमा दुई एकसाथ रहेका थिए । जस्तै पानी र माछा जस्तो । तर, आज ५५ वर्षमा दिलिप कुमार र सायरा बानोको साथ सदाका लागि छुटेको छ ।
बलिउडमा कयौँ जोडी छन् । जो रिल लाइफबाट रियल लाइफमा जोडिएका छन् । ती मध्ये सबैभन्दा विशेष प्रेमकथा दिलिप कुमार र सायरा बानोको छ । दुबैले हरेक सुखदुःखमा एक अर्काेको साथ दिएका छन् । यो यस्तो प्रेम कहानी हो, जसको बीचमा २२ वर्षको उमेर अन्तरसमेत छ । तर आजसम्म पनि दुबैको सम्बन्ध एकदमै मजबुत देखिन्छ ।
सायराले १९६६ मा २२ वर्षको उमेरमा ४४ वर्षका दिलिप कुमारसँग विवाह गरेकी थिइन् ।
सायरा १२ वर्षको उमेर देखि नै दिलिप कुमारका लागि पागल थिइन् । तर त्यतिबेला दिलिप कुमार अर्कैको प्रेममा थिए । दुई पटक प्रेममा असफल दिलिप कुमार सुरुमा सायरा प्रति खासै चासो राख्दैनथिए । उमेरको कारणले पनि दिलिप कुमार सायरासँगको यो सम्बन्ध अगाडि बढाउन चाहँदैन थिए । तर सायराको प्रेमको कारण अन्ततः १९६६ मा दुबैले प्रेम घोषणा गरे । सो समय दिलिप कुमारका लागि देश विदेशका केटीहरु प्राण त्यग्न तयार थिए । तर उनलाई सायरा नै मनपर्यो ।
दिलिप कुमार र सायराले ११ अक्टोबर १९६६ मा विवाह गरेका थिए । विवाह पछि सायराले फिल्मी करियर अगाडि बढाइन् र निकै सफलता पनि प्राप्त भयो । १९७६ पछि उनले अभिनय बन्द गरिन् । त्यो समयदेखि उनी दिलिप कुमारकी पत्नी र गृहणीको रुपमा रहिन् ।
दिलिप कुमारले भने १९४४ को फिल्म ‘ज्वार भाटा’ बाट आफ्नो फिल्मी करियरको शुरुवात गरेका थिए । तर फिल्मले सफलता हात पार्न सकेन । उनलाई १९४७ को फिल्म ‘जुगनु’ बाट अभिनयमा सफलता हात परेको थियो । यो फिल्म पछि दिलिप कुमारलले कहिलै पछि फर्किएर हेर्नु परेन ।
दिलिप कुमारको देवदास, मुगल–ए–आजम लगायत थुप्रै फिल्म हिट छन् । पछिल्लो समय दिलिप कुमार १९९८ फिल्म ‘किला’ मा देखिएका थिए । दिलिपले २०१५ मा पद्म विभुषण, १९९४ मा दादासाहेब फाल्के अवार्डसमेत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण