भारतमा थपिए ४३ हजार कोरोना सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ । ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
यो तथ्याङ्क अनुसार भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ९७.१८ प्रतिशत रहेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ । ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण