थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु
बुधबार, २३ असार २०७८, २३ : २८
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनामा गरिएको परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ८ सय ३५ जनाको पीसीआर विधि र ४०६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ३३ संक्रमित निको भएर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ भने निको हुनेहरुको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३३ लाख ९१ हजार ३७९ जनाको परीक्षण गरिएको छ भने २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण