दिलिप कुमारको अन्तिम तस्बिर भाइरल, अँगालो मारेर रोइन् सायरा बानो
भारतका दिग्गज अभिनेता दिलिप कुमारको निधनले उनकी श्रीमती सायरा बानोलाई झट्का दिएको छ । यो उमेरमा अब सायरा एक्लो बनेकी छिन् । सधैं सँगै देखिने दिलिप–सायराको जोडी अब टुटेको छ । दिलिप कुमारको निधन भएपछि सायराको भावुक पारिदिने थुप्रै तस्बिर सार्वजनिक भएका छन् । यी तस्बिरमा सायराको पीडा स्पष्ट रुपमा झल्कन्छ । दिलिप कुमारको यो अन्तिम तस्बिर सोसल मिडियामा छाएको छ जहाँ अन्तिम संस्कार अघि सायराले दिलिपलाई अँगलो मारेर रोइरहिन् ।
सायरा बानोले जसरी आफ्ना श्रीमान दिलिपलाई अँगालो हालेर रोइरहेकी छिन्, त्यो देखेर थुप्रै्रको आँखा रसाएको भारतीय सञ्चार माध्यमले बताएको छ । दिलिप कुमार र सायरा बानोको अटुट प्रेम कसैबाट लुक्न सकेको छैन । विभिन्न रोगसँग जुधिरहेका दिलिप कुमारको हिम्मत सायरा बानो थिइन् ।
दिलिप कुमारका साथी धर्मेन्द्र पनि निकै दुःखी देखिए । दिलिप कुमारको अन्तिम दर्शन गर्न पुगेका धर्मेन्द्रको यो फोटो पनि जताततै छाएको छ । ती तस्बिरमा उनी सायरा बानोसँग दिलिप कुमारको पार्थिव शरीरसँगै बसिरहेका छन् । दिलिप–सायरासँग धर्मेन्द्रको निकै राम्रो सम्बन्ध छ । यो समयमा सायराले धर्मेन्द्रलाई भनेकी थिइन्, ‘हेर धरम, साहबले आँखा झिम्काउनुभएको छ ।’
धर्मेन्द्र र दिलिप कुमारबीच निकै राम्रो सम्बन्ध थियो । अन्तिम दर्शन गरिरहेको धर्मेन्द्रको यो तस्बिर पनि चर्चाको विषय बनेको छ । धर्मेन्द्र दिलिप कुमारलाई आफ्ना दाइजस्तै मान्थे । यी दुईले सँगै एक बंगाली फिल्ममा काम गरेका थिए ।
सायरालाई ढाडस दिन फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्वको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण