एमालेले पुनः अवरुद्ध गर्यो कर्णाली प्रदेशसभा बैठक
कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १५औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ।
लगातार बैठक अवरुद्ध गर्दै आएको एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ।
बिहीबारको बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको बारेमा बोलेका थिए । उनले भने ,‘हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ । योतर्फ सरकारको ध्यान किन छैन? ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदा हुँदै पनि १८ सिट रहेका दुईटा दलहरुले सरकार चलाइरहेका छन् ।’ नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो भनेर उनले प्रश्न गरे ।
उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु ओली सरकारले मात्र गरेको दावी गरे । रावलले जनताको प्यारो पार्टी नेकपा एमालेमाथि ढुङ्गा हाँनिदैछ भनेर आक्रोस पोखे ।
झण्डै १४ मिनेट चलेको सदनमा रावलले ११ मिनेट जति आफ्नै पार्टीको गुनगान गाउनेदेखि ओलीले गरेको कामको प्रशंशा मात्र गरे । त्यसपछि उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै आजको सदनको कामकारबाही अघि बढ्दैन भनेर आफ्नो भाषण टुङ्ग्याएका थिए ।
त्यसपछि प्रतिपक्ष दल रोष्टममा विगत जस्तै उभिरह्यो । सभामुखले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण