सर्वोच्चको फैसलासँगै देउवा निवासमा खुसीयाली
सोमबार, २८ असार २०७८, १५ : ०१
सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै बूढानीलकण्ठमा खुसीयाली मनाइएको छ । देउवा निवासमा भेला भएका नेता कार्यकर्ताले देउवालाई बधाई दिँदै उनलाई फूलमाला लगाइदिएका छन् ।
देउवा बूढानीलकण्ठमा नेता कार्यकर्तासँग हँसमुख मुद्रामा देखिन्थे भने उनले कुनै प्रतिक्रिया भने दिएका छैनन् । देउवा निवासमा अदालतको फैसलासँगै चहलपहल बनेको छ । अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउँदै प्रतिनिधिसभा विघटन बदर पनि गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण