एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्।
- उनले फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सक्ने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकतामा जोड दिएका छन्।
- अध्यक्ष ओलीले नेकपा (एमाले) देशव्यापीरुपमा फैलिएको, सुदृढ सङ्गठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नु आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिकाविरुद्ध मिल्न सक्ने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकतामा जोड दिँदै ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) देशव्यापीरुपमा फैलिएको, सुदृढ सङ्गठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुछ, एकीकरण गर्नु आवश्यक छैन ।’
अध्यक्ष ओलीले एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरूलाई ढोका खुला रहे पनि एकताको चरणमा अहिले आफूहरू नरहेको बताए ।
अध्यक्ष ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरेको दाबी समेत गरेका छन् ।
‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभ पाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो’, ओलीले उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न सम्पर्क विशेष सङ्गठन कमिटीमा आबद्ध नेता–कार्यकर्तालाई आग्रह गरे ।
‘गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो’, तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हामी हमलामा पर्याैँ। सुरक्षा संयन्त्र परिचालित भएन ।’
सुझाव सङ्कलन कार्यक्रममा पार्टीका उपाध्यक्ष, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डित लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण