त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने दाैडमा तीन जना !
सारांश
- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस भएको छ ।
- प्रा.डा.थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन्, सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने पौडेल अमेरिकामा प्राध्यापनरत थिए ।
- आठ वटा विश्वविद्यालयका उपकुलपतिको लागि तीन/तीन जनाको नाम टुङ्गो लागेको छ ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जना दाैडमा छन्। उच्च स्रोतका अनुसार प्रा.डा.भोला थापा, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरिएकाे छ।
प्रधानमन्त्री समेत रहेका त्रिविका कुलपति बालेन्द्र शाहले उनीहरूमध्ये एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने स्राेतले बतायाे।
प्रा.डा.थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। यस्तै, नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने प्रा.डा.पौडेल अमेरिका बस्दै आएका छन् ।
प्रा.डा.थापा २०७७ माघमा काठमाडौँ विश्वविद्यालयको उपकुलपति बनेका थिए। यस्तै सिंह २०७६ फागुनमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति भएका थिए । डा. पौडेलले अमेरिकाको लुजियाना राज्यको लाफियतस्थित युनिभर्सिटी अफ लुजियानामा प्राध्यापनरत थिए।
सर्टलिस्टमा पौडेल, सिंह, थापासहित अमरप्रसाद यादव, कविप्रसाद पोख्रेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, रामप्रसाद रेग्मी परेका थिए। आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि तीन/तीन जनाको नाम टुङ्गो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले तीन तीन जनाको नाम टुङ्गो लगाएको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति तीन/तीन जनाको नाम टुङ्गो लागेको जानकारी दिए।
शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन/तीन जनाको नाम टुङ्गिएको हो ।
यी नामहरू मध्ये प्रत्येक तीन/तीन जनाको नाम समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण