सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?
सोमबार, २८ असार २०७८, १६ : ००
सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।

सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउवाको तयारी छ ।
बैठकमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पनि आउँदै छन् । रामशरण महत पनि देउवा निवास पुगेका छन् । अन्य नेताहरु पनि आउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण