प्रदेश १ मा ४३९ संक्रमित थपिए
प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा सबैभन्दा बढी १६५ सुनसरीमा १३९ मोरङमा १०६ धनकुटामा ७‚ इलाममा ५‚ पाँचथर र उदयपुरमा ३–३‚ भोजपुरमा २‚ ताप्लेजुङ तेह्रथुम र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ६४‚ भद्रपुरमा २७‚ बिर्तामोडमा २५‚ मेचीनगरमा १५‚ शिवसतासीमा ११‚ अर्जुनधारामा ६‚ कनकाईमा ५‚ हल्दीबारीमा ३‚ बुद्धशान्ति कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२‚ झापा गाउँपालिकामा १‚ सुनसरीको धरानमा ८०‚ इटहरीमा ४४‚ बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६‚ भोक्राहानरसिंह‚ रामधुनी र इनरुवामा १–१‚ मोरङको विराटनगरमा ३५‚ बेलबारीमा २५‚ पथरी शनिश्चरेमा २२‚ लेटाङमा १२‚ सुन्दरहरैचामा ४‚ उर्लाबारी‚ कानेपोखरी र स्थानीय तह नखुलेका २–२‚ ग्रामथान र केराबारीमा १–१‚ धनकुटाको धनकुटा नगरपालिकामा ६‚ पाख्रिबासमा १‚ इलामको इलाम नगरपालिकामा २‚ सूर्योदय‚ चुलाचुली र माईमा १–१‚ पाँचथरको फिदिममा २‚ फाकफोकथुममा १‚ उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १‚ भोजपुरको भोजपुर नगरपालिकामा २‚ ताप्लेजुङमा १‚ तेह्रथुमको आठराईमा १ र सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या ५५९० रहेको छ । आज ३४२ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण