इटहरीको माया घरका ४१ जनामा कोरोना संक्रमण
इटहरीको माया घरका ४१ जनामा कोरोना संक्रमण देखिएपछि जीन सिक्वेन्सिङका लागि ५ जनाको नमूना पठाइएको छ । इटहरी उपमहानगरपालिका वडा न २ आयुर्वेद टोलस्थित माया घर नेपालमा रहेका आश्रित व्यक्तिहरूमध्ये २८ जनाको कोभिड १९ परीक्षण गर्दा थप ५ जनामा संक्रमण देखिएको हो । यसअघि ५० जनाको कोभिड परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोनाको नयाँ भेरियन्ट हो वा होइन पत्ता लगाउन जिनसिक्वेसिङको लागि जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), हेल्थ इमर्जेन्सी टिम विराटनगरमार्फत संक्रमित ५ जनाको नमुना पठाइएको इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेसन सर्पोट टिम, इटहरीका संयोजक रामकुमार धमलाले जानकारी दिए ।
सबै संक्रमणलाई इटहरी अस्पतालले हेल्थ मनिटरिङ गरिरहेको छ । हाल सबैको अवस्था सामान्य र सुधारोन्मुख रहेको बताइएको छ । क्लस्टरमा केस देखिएकोले प्रारम्भिक अवस्थादेखि नै इटहरी अस्पताल, उपमहानगरको स्वास्थ्य शाखा र डब्लुएचओको टिमले मनिटरिङ गरिरहेको छ । अनाथ, वेवारिसे र मानसिक सन्तुलन गुमाएका महिला र बालबालिकालाई मायाघरले संरक्षण दिँदै आएको छ । मामाघरकी सचिव सुभद्रा पराजुलीका अनुसार हाल माया घरमा ८५ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण