कर्णालीमा सक्रिय संक्रमितको संख्या ७७०
बुधबार, ३० असार २०७८, २० : २६
कर्णाली प्रदेशमा बुधबार थप ९५ जनाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ७७० मा झरेको छ । यस्तै बुधबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा गरिएको आरटी पीसिआर परीक्षणका क्रममा १८ र १६६ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३४ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाबाट बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुने सुर्खेत जिल्लाका हुन् । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण