सानीको सम्झनाले बिनोदलाई लाग्यो बाडुल्की
शुक्रबार, ०९ असार २०७४, १८ : ४६
काठमाडौं – प्रेम र बिछोडलाई प्रस्तुत गरेको गीत छिट्टै हिट भएका उदाहरण धेरै छन् संगीतिक क्षेत्रमा । त्यसैले पनि यस्ता गीत धेरै ल्याइने गरिएको छ ।
यस्तैमा गायक हिमाल श्रेष्ठले ‘सानी..’ बोलको गीत पनि यस्तै कथामा ल्याएका छन् । गीत सार्वजनिक भए लगत्तै सांगीतिक बजारमा चर्चा बटुलिरहेको छ । गायक श्रेष्ठले एल्बम ‘समर्पित’ भित्र समेटेको यो गीतको भिडियो पनि बनेको छ ।
भिडियोमा अभिनेता समेत रहेका मोडल बिनोद श्रेष्ठ र ऋचाले अभिनय गरेका छन् । मायालुबाट टाढिनु पर्दाका क्षणहरु भिडियोमा देखाउने कोसिस गरिएको छ ।
भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गीतमा स्वर तथा शब्द गायक श्रेष्ठकै रहेको छ भने बुद्ध स्यांबाले संगीत भरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियो अनुप शिवाकोटीको सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण