दाङमा १० जना जुवाडे पक्राउ
दाङको घोरोही उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ घोराही उपमहानगरपालिकामा जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका –१३ को डुमरगाउँस्थित गनबहादुर घर्घीको घरमा जुवातास खेलिरहेको छन् भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले १ लाख २२ हजार ५१० नगद र ६ गड्डी ताससहित १० जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय कमान पुन , ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन , ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा , घोराही –१५ का २२ वर्षीय निमबहादुर रोका, घोराही –१४ का २६ वर्षीय त्रिपन बुढा, घोराही–१५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्वर १२ का ४० वर्षीय तेजलाल पनु र वडा नम्वर–१३ बस्ने ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन् । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण