ओलीलाई प्रचण्डको प्रश्न– गोहीको आँशु चुहाएर तपाईँलाई कसैले पत्याउँछ ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।
एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’
अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे ।
प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।
झन्डै दुई तिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
-
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
-
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
‘सरकारले गरिब नागरिकलाई पीडा मात्रै दियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण